दफा १९
नेपाल सरकारको विशेषाधिकार
(१) संकटकालीन अवस्था परी वा राष्ट्रिय सुरक्षाको कारणले खबर आदान प्रदानमा रोक लगाउनु पर्ने भएमा वा त्यस्तो खबर आदान प्रदान गर्ने प्रणालीमा नियन्त्रण गर्नु पर्ने आवश्यकता देखिएमा नेपाल सरकारले देहायका काम गर्न सक्नेछः–
(क) अनुमतिपत्र प्राप्त व्यक्तिले जडान गरेको, संचालन गरेको वा रेखदेख गरिरहेको दूरसञ्चार लाइन र दूरसञ्चार प्रणाली अस्थायी तवरमा आफ्नो कब्जामा लिने,
(ख) कुनै खास किसिमको विषय, व्यक्ति वा समुदायसंग सम्बन्धित खबर टेप गर्न, त्यस्तो खबर पठाउने व्यक्ति पहिल्याउन वा त्यस्तो खबरको प्रसारण रोक्न आदेश दिने ।
(२) उपदफा (१) बमोजिमको अवस्था समाप्त भएपछि नेपाल सरकारले आफ्नो कब्जामा लिएको दूरसञ्चार लाइन र दूरसांर प्रणाली सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिहरुलाई फिर्ता दिनेछ ।